पोखरा,असोज १७ – दसैंका लागि मुस्ताङबाट पोखरा ल्याइँदै गरेका भेडाच्यांग्रा कास्कीको अन्नपूर्ण गाँउपालिकामा चितुवाको आक्रमणमा मरेका छन् ।
पोखरा बागलुङ लोकमार्गको काँढेमा चितुवाले बुधबार राति ७ भेडा र ८ च्यांग्रा मारेको स्थानीयले बताएका छन् । भेडाच्यांग्रालाई चितुवाले आक्रमण गरेको काँढे बजार नजिकै चौरमा बास बसेका व्यापारीले थाहा पाएपछि उठेर हल्लाखल्ला गरेका थिए । हल्लाखल्ला गरेपछि चितुवा भागेको मुगुबाट आएका व्यवसायीले बताए ।


