काठमाडौँ, असोज १५ – यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ । महराको फोटो पनि प्रतिनिधि सभाको साइटबाट हटाइएको छ।
दुर्व्यवहारको आरोप लागेपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिएका थिए।महराको राजीनामामा रहेको छानबिन प्रक्रिया नसकिँदासम्मका लागि भन्ने वाक्यांश सूचनापत्रमा भने हटाइएको छ। मंगलबार राजीनामा पत्र सार्वजनिक भएसँगै यो वाक्यांश विवादित भएको थियो ।


