काठमाडौं, असोज १३ – सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोपमा लागेको छ । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएकी हुन् ।ति महिलाले तिनकुनेस्थित आफ्नो डेरामै आएर महराले बलात्कार गर्न खोजेको आरोप लगाएकी हुन् ।
त्यस अघी पनि चिनजानको हिसाबले महरा डेरामा आउने गरेपनी आइतबार साँझ भने दुर्व्यवहारको शिकार भएको ति महिलाको भनाई छ । घटना पछी महिलाले प्रहरीलाई खबर गरेको र प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ । बानेश्वर प्रहरीले भने यसबारे कुनै जाहेरी नआएको भन्दै प्रतिक्रिया दिन अश्वीकार गरेको छ । सभामुख महराले भने कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको बताएका छन् ।


