चितवन, असोज १२ – भरतपुर अस्पातल बिकास समिती अन्तर्गतका कर्मचारीहरु फेरी आन्दोलित भएका छन् । असोज ३ गते भएको वार्तामा कर्मचारीहरुले पेस गरेको ११ बुँदे माग कार्यन्व्यन गर्ने सहमती भए पनि अस्पातल प्रशासनले बिभिन्न बाहानाबाजीमा आलटाल गर्न खोजेको भन्दै उनिहरु आन्दोलित भएका हुन् ।
उनिहरु आज (आइतबार) बिहानैबाट अस्पातलको फार्मेसी अगाडि धर्ना बसेका छन् । आज बिहान ७ बजेबाट सम्पूर्ण सिफ्ट ड्युटी र अन्य ड्युटीका कर्माचारीहरु आ-आफ्नो कार्य क्षेत्रबाट बाहिरिएर आन्दोलनमा उत्रिएका छ्न् ।यस अघी हिजो (शनिबार) उनिहरुले बिरोध आवाज प्रस्तुत गरेका थिए ।
नेपाल सरकारले प्रचलित तलब स्केल र चाडपर्व भत्ता उपलब्ध गराउने लिखित सहमती भए अस्पातल प्रशासनले कार्यन्व्यन नगरेकोले फेरी आन्दोलन गर्न परेको अस्पातल बिकास समिती कर्माचारी युनियनका अध्यक्ष चन्द्रमणी बस्यालले ए टु जेड समाचारलाई बताए । आफुहरुले जायज माग राख्दा पनि अस्पातल प्रशासनले गैरजिम्मेवार पूर्ण व्यवहार गरेको उनले आरोप लगाए ।
बिगत ७२ दिन देखी बिना करार नविकरण पनि बिभिन्न महामारीको समयमा सेवा दिईरहेको कर्माचारीको माग सम्बोधन गर्नुको सट्टा अस्पातल प्रशासनले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको उनिहरुको आरोप छ । असार मसान्त पछी रोकिएको करार नविकरण गरी बढेको स्केल अनुसार तलब भत्ता निकासा गर्नु पर्ने, अस्पातललाई प्राप्त हुने शैक्षिक तथा अन्य कर्मचारी कोटामा निजामती कर्मचारी सरह बिकास समिती अन्तर्गतका कर्माचारीहरुलाई पनि समेट्नु पर्ने लगायत ११ बुँदे माग राख्दै उनिहरुले आन्दोलन गरिरहेका छन् ।


