पृथ्वी राजमार्गमा ठुला सवारीसाधन निषेध, आइतवार (१२ गते)देखि १८ गतेसम्म

एटुजेड समाचार

काठमाडौं,असोज १० – दशैंको लागि उपत्यकाबाट बाहिरिने यात्रुको सुविधालाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा ठुला सवारीसाधनलाई निषेध गरिने भएको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमदत्त ढकालले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ठुला सवारीसाधनलाई प्रवेश निषेध गर्न लागिएको लोकान्तरलाई जानकारी दिए । शुक्रबार रातिदेखि नै धादिङबाट काठमाडौं आउने ठुला सवारी साधन रोकिने भएका छन् । ट्राफिक प्रहरीले राति ९ बजेपछि मात्रै ठुला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेश गर्न दिइने जनाएको छ ।

उनका अनुसार, काठमाडौं आउने १० चक्के सवारी साधनलाई नारायणगढमै रोकिने भएको छ । आइतवार (१२ गते)देखि १८ गतेसम्म यस्ता सवारीसाधनलाई रोकिने भएको छ । वरिष्ठ उपरिक्षक ढकालले चाडपर्वका समयमा सवारीको चाप बढी हुने र ठूला सवारीकै कारण जाम बढ्ने भएकाले उनीहरूलाई रोकिन लागिएको बताए । ठुला सवारी साधनका कारण राजमार्गमा पछिल्लो समय सवारी जाम बढ्दै गइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु