एक महिलाले एकैपटक जन्माइन् चार शिशु

एटुजेड समाचार

काठमाडौं, असोज ८ – काठमाडौं मेडिकल कलेज (केएमसी)मा एक महिलाले एकैपटक चार शिशु जन्म दिएकी छन् । आज (बुधबार) २७ वर्षीया खगित्रा शाहीले एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको अस्पतालले पुष्टि गरेको छ ।

चार मध्ये तीनजना छोरा र एकजना छोरी रहेका छन् । चम्ल्याहा बच्चाहरु मध्ये तीन जना स्वस्थ्व रहेको अस्पतालले बताएको छ। यसरी चम्ल्यहा बच्चा हुनु दुर्लभ घटना भएको समेत अस्पतालले जनाएको छ ।अस्पतालकी प्रसुती रोग विशेषज्ञ चन्दा कार्कीका अनुसार आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुलाई जन्माइएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु