काठमाडौं, असोज ७ – नेपाल राष्ट्र बैँकले १०० (सय) रुपैयाँको नयाँ नोट आजबाट बजारमा पठाएको छ । बैंकले नयाँ विशेषता सहितको नोट बजारमा पठाएको हो ।
आकार, प्रकार र रंग भने पहिलेकै जस्तो छ । नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अङ्ग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ ।
सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिन्छ ।


