चितवन, असोज ४ – काँग्रेसलाई वलियो वनाउँनका लागि आँफैमा सुदृण हुन आवश्यक रहेको काँग्रेस नेताहरुले वताएका छन् । काँग्रेसको जागरण अभियान अन्तर्गत दोस्रो चरणको जागरण अभियानका क्रममा जिल्लाका विभिन्न क्षेमा आयोजना गरिएको कार्यक्रममा वोल्ने वक्ताहरुले पार्टीको केन्द्रले समग्र हेनुपर्ने भएकाले जिल्ला तहमा जानु जिल्ला तहकौ बलियो आवश्यक पर्ने उनीहरुको भनाई छ ।
चितवन क्षेत्र नम्वर २ प्रदेश २ “क” को आयोजनमा आयोजित कार्यक्रममा केन्द्रिय प्रतिनिधिले पार्टीलाई वलियो वनाउन केन्द्रले अभियान सुरु गरेको भए पनि तल्लो तहमा आम काँग्रेस वलियो वनाउन आबश्यक रहेको बताए । काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार पार्टीलाई वलियो वनाउनका लागि कार्यकर्ताहरु विचको एकता आवश्यक रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, सचिव जोशी, केन्द्रिय प्रतिनिधि गणेश चक्रधर लगाएतको उपस्थिति रहेको थियो । सो अवसमार नेकपा परित्याग गरि ५० भन्दा वढि जना काँग्रेसमा प्रवेश गरेका छन् । सो अवसरकम नेकपा परित्याग गरि मधु अधिकारी, कृषप्रसाद वराल, पुष्पराज वास्तो, विजय दाहाल, मिना श्रेष्ठ लगाएत काँग्रेसमा प्रवेश गरेका छन् ।
यसै विच नेपाली काँग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत तरुण भेला तथा अन्तक्रिया शनिबार रत्ननगरमा सम्पन्न भएको छ । भेलालाई सम्वोधन गदै कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि तथा पूर्व नेपाल बार एसोसियसनका अध्यक्ष प्रेम बहादुर खड्काले नेपाली काँग्रेसको मेहनतले संविधान ल्याएको भन्दै यसलाई जोगाइराख्न कार्यकर्ताहरु जुट्नु पर्ने बेला आएको बताए । लोकतान्त्रिक व्यवस्था बचाउन तरुणको भूमिका अपरिहर्य भएको बताउदै उहाँले स्वतन्त्रताको रक्षाका लागि अब हातेमालो गदै अगाडि बड्न सुझाब दिए ।
कम्युनिष्टको एक तन्त्रिय राज चल्यो भने यसरी खुलेर बोल्न समेत नपाईने भन्दै,अधिनायकबाद लाई परास्त गदै अगाडि बड्नुको विकल्प नभएको प्रष्ट पारे । यो सरकार बहुमतको सरकार नभएको भन्दै उहाँले देशभरमा कम्युनिष्टको ४७ प्रतिशत मत भएको र काँग्रेसको समानुपातिक ३५ प्रतिशत र प्रत्यक्षमा ३२ प्रतिशत भएको र १० प्रतिशत बढाउन सके नेपाली काँग्रेसकै बहुमत रहने भन्दै बढाउन तर्फ लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य तथा नेपाल तरुण दल चितवनका तरुण दल विभाग प्रमुख प्रलाद सापकोटाले काँग्रेसलाई आगामी निर्बाचनमा पहिलो पार्टी बनाउन तरुण युवाहरुलाई अबसर दिएर काम गर्ने बातावरण बनाउनु पर्ने बताए । उनले तरुण दल पार्टीको मेरुदण्ड रहेको भन्दै तरुण युवा हरुलाई लक्षित गरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्न पार्टीले परिणाममुखी कार्यक्रम गर्नुपर्ने बताए । नेपाली काँग्रेस युवा बर्गको समस्या सामधान गर्दै उनीहरुको भावना बुझेर पार्टी अगाडि बढ्नुपर्ने बताए ।
यसैगरी प्रदेशसभाका उम्मेदवार तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र प्रशाद बुर्लाकोटीले पार्टी चलायमान तथा हरेक क्रान्तिमा तरुणको भूमिका भएको भन्दै देशमा भएको परिबर्तनमा युवाको देन बिर्सन नहुने बताए ।
पूर्व राज्य मन्त्री तथा महाधिवेशन प्रतिनिधि साबित्री बोगटीले तरुण शरीरको मुटु भएको भन्दै तरुण बेगर राजनीतिक पार्टीको परिकल्पना बेकार हुने बताए । तरुणहरु संग नैतिक साहस,आत्मविस्वास हुने बताउदै उहाँले तरुण परिचालन गर्नू भनेको भविश्यप्रति आशावादी हुनु हो भने ।
यसैगरी जागरण अभियानका जिल्ला प्रतिनिधि तथा जिल्ला सचिब राजिब न्यौपानेले तरुणको उल्लेख्य साथ र सहयोगले ३३ बटै प्रदेश निर्बाचन क्षेत्रमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जोगाउने बिषय सहज हुने बताए । उनले तरुण अनुशासीत र पार्टीको नीति सिद्धान्त र सकारात्मक शन्देस दिनका लागि निर्माण भएको भन्दै युवाहरुबाटै सवै कुराहरु संभब भएको बताए । नेकपाले बिभिन्न बाहानामा ब्रहमलुट गरेको भन्दै यसको भन्डाफोर गर्न युवाहरु चनाखो भएर अगाडि बढनुपर्नेमा जोड दिए ।
फरक प्रसंगमा उहाँले २०१५ सालमै नेपाली काँग्रेसले समावेसी मन्त्री मण्डल गठन गरेको भन्दै यतिबेला नेकपाले समाबेशीको कुरा बल्ल थालेकोमा आक्रोस पोखे । कार्यक्रममा पूर्व मन्त्री सावित्री बोगटी पाठक, जिल्ला सदस्यहरु हरिहर सुवेदी,कमला श्रेष्ठ,दिवाकर अर्याल,रत्ननगर नगर सभापति रुपनराज घिमिरे,तरुण दल क्षेत्रीय सभापति बुद्धिमान गुरुङ,दरुण दल जिल्ला सहसंयोजक दीपक पौडेल,तरुण दल नगर सभापति राजु तामाङ, पार्टीका क्षेत्रीय सचिव दण्डपानी लामिछाने लगायतले मन्तव्य राखेका थिए ।



