लेक लागेर एकको मृत्यु

एटुजेड समाचार

सोलुखुम्बु, असोज १ – मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् ।लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो ।

केही दिनयता लगातार वर्षा हुँदा पर्यटकलाई समस्या भएको छ । निरन्तरको वर्षा र बाक्लो हुस्सुका कारण खुम्बु क्षेत्रको भ्रमणमा आएका सयौँ पर्यटक लुक्ला आएर बसेका छन् ।केही पर्यटक झण्डै डेढ घण्टा पैदल यात्रापछि सुर्के आएका छन् । उनीहरु हेलिकप्टरमा काठमाडौं फर्किने तयारीमा छन् ।

मंगलबार बिहान चौरीखर्क र सुर्केबाट विदेशी तथा नेपाली यात्रु लिएर गएका १० हेलिकप्टरले काभ्रेपलाञ्चोक र रामेछापमा आकस्मिक अवतरण गरेका थिए । शुक्रबारदेखि मौसम प्रतिकूलका कारण खुम्बु क्षेत्रको जनजीवन कष्टकर बनेको छ । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु