काठमाडौं, भाद्र २३ – तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता भएको छ ।राष्ट्रपति भवन शितलनिवासमा भएको भेटवार्ता दुई देशबीच रहीआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटका अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रही आएको र यस प्रकारको उच्च तहको भ्रमणले बहुआयामिक र जनता जनताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिन् ।


