चितवन, भदौ १७- “ईच्छा अनुसारको शिक्षा, चाहे देशमा होस् या विदेशमा” भन्ने मुल नारा सहित नेपाल शैक्षिक परामर्श संघ (ईक्यान ) चितवन शाखाको आयोजनामा चौंथो ईक्यान शैक्षिक मेला हुने भएको छ । मेला यही भाद्र २७ देखि २९ गते सम्म भरतपुर गार्डेन रिसोर्ट भरतपुरमा सन्चालन हुने संस्थाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
स्वेदेशी तथा विदेशी गरी ४३ वटा शैक्षिक संस्थाका स्टलहरु रहने उक्त मेलामा स्वेदेशी तथा विदेशी शिक्षाबारे विधार्थी तथा अभिभावकले प्रत्यक्ष जानकारी लिन पाउने छन् ।
मेलाको प्रमुख आकर्षणको रुपमा चितवन जिल्लामै हाल सम्मको सबै भन्दा ठूलो पुरस्कार राशी सहितको हाजिरी जवाफ प्रतियोगिता रहने छ ।प्रतियोगितामा कक्षा ११,१२ र स्नातक तहसम्मका विधार्थीहरुले सहभागीता जनाउन पाउने ईक्यान चितवन शाखाका अध्यक्ष भानु भक्त खरेलले जानकारी दिए । प्रथम हुनेलाई एक लाख ११ हजार १११, द्वितीयलाई ५५ हजार ५५५ र तितृयलाई ३३ हजार ३३३ पुरस्कार राखिएको छ ।
तीन दिन सम्म चल्ने उक्त मेला पाँच हजार भन्दा बढी विधार्थीहरुले अवलोकन गर्ने अपेक्षा रहेको मेलाका संयोजक सुदिप भट्टराईले बताए । कार्यक्रमका प्रमुख अतिथी ईक्यानका केन्द्रिय सदस्य यज्ञ बिलास पौडेल रहेका थिए । मेलामा २५ लाख बराबरको आम्दानी तथा २२ लाख बराबरको खर्च हुने आयोजकले बताएका छन् ।
।


