चितवन, भाद्र ८ – आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने र युवराज कंडेलको बयान सकिए पछी थुनछेक बहस सुरु भएको छ । समय अभावका कारण हिजो रुकु भनिने अस्मिता कार्कीको मात्र बयान भएको थियो ।अहिले चितवन जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।
बहसमा जाहेरवालाको तर्फबाट ५ जना र प्रतिवादी तिनै जनाको तर्फबाट समान ५-५ जना कानुन व्यवसायीहरुले वकालत गर्नेछन् । थुनछेक बहस पछी उनिहरुलाई धौरौटीमा छोड्ने वा कारागार चलान हुने भन्ने टुङ्गो लाग्नेछ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना वा दुबै हुन सक्ने व्यवस्था रहेको छ ।


