चितवन, भाद्र ९ – चितवनको कालिका नगरपालिका ७ काे वडा कार्यालयमा आगजनी भएको छ । राती अज्ञात समुहले कार्यालयमा आगजनी गरेको तर त्यस बारे बिहान मात्र थाहा भएको स्थानियले बताए ।कसले किन आगजनी गरेको भन्ने बारे भने अझै खुल्न नसकेकोकालिका ७ का वडा अध्यक्ष डिल्लीराम दुवाडीले बताए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


