चितवनको खैरहनीमा वम बिस्फोट

एटुजेड समाचार

चितवन, भाद्र ८ – पूर्वी चितवनको खैरहनीमा बम बिस्फोट भएको छ । आज (आइतबार) साँझ खैरहनी नगरपालिका २ सिमलघारीमा पर्ने कयर खोला किनारमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । भोली (सोमबार) विप्लब नेतृत्वको नेकपाले चितवन बन्दको आह्वान गरेकोले त्यसैको पुर्वसन्ध्यामा विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाको बिषयमा थप जानकारी नआए पनि बिस्फोटबाट मानविय र भौतिक क्षति नभएको प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु