सुनचाँदी साकोसको सातौ साधारणसभा सम्पन्न

एटुजेड समाचार

 

 

 


अमिर रामदाम, भरतपुर, भदौ ३ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनद्वारा प्रर्वद्धित सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ साधारणसभा आज सम्पन्न भएको छ ।
दिगो विकास वित्तिय समाधान, सकारात्मक परिवर्तन हाम्रो अभियान भन्ने नाराको साथ आयोजित कार्यक्रममा साकोसका अध्यक्ष बाबुराम रामदामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।

कार्यक्रममा साकोसले जारी गरेको निर्वाचन नियमावली बहुमतका साथ पारित गरिएको थियो ।
भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्द्न शाखाको सहकारी निरिक्षक रामबाबु पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिशचन्द्र सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो ।
सो अवसरमा एसइइ परिक्षा २०७५ मा उतिर्ण साकोसका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण साधारणसभा मूल समारोह सहसंयोजक निलेनमान शाक्यले गर्नु भएको थियो ।

कार्यक्रममा साकोसका संस्थापक अध्यक्ष विपिन रामुदामु, निवर्तमान अध्यक्ष अर्जुन रसाईली, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चित्र बहादुर विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष अधिवक्ता जिवनज्योति विश्वकर्मा, माँ मनकामना साकोसका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको सहभागिता रहेको थियो ।

यस्तै अन्य सहभागिहरुमा मौलाकालिका साकोसका संस्थापक अध्यक्ष छविलाल विक, भरतपुर महानगरपालिका कार्यपालिका सदस्य टेकलाल विश्वकर्मा, सुनचाँदी व्यवसायी महिला समूह जिल्ला समिति चितवनको अध्यक्ष रूपा बराली, नगर समिति भरतपुरको अध्यक्ष कमला घताने, साकोसका लेखा समिति संयोजक त्रिलोक भिके, अध्यक्षका सल्लाहकारद्वय टेकबहादुर विश्वकर्मा, रामबहादुर विश्वकर्मा, साकोसका प्रबन्धक रमेश रामदाम, स्वर्ण खबर मिडिया प्रा लि अध्यक्ष अमिर रामदामको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु