काठमाडौं, साउन ३१ – नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । हिजो बस्न लागेको बैठकमा प्रधानमन्त्री ओलीको स्वास्थय अवस्था बिग्रिए पछी बैठक स्थगित भएको थियो आज । पुन : आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो । लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् ।
यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् ।त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन्।


