प्रधानमन्त्री ओली आज स्वदेश फर्किने

एटुजेड समाचार

काठमाडौं, साउन २७ – प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार स्वदेश फर्किने भएका छन् ।१० दिने सिंगापुर भ्रमण सकेर उनी दिउँसो १२ः२५ मा थाइ एयरबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको उनको नीजि सचिवालयले जनाएको छ ।।

शुक्रबार नै स्वदेश फर्किने भनिए पनि उनको स्वास्थ्य परिक्षणको काम नसकिएकाले प्रधानमन्त्री ओली आज मात्रै फर्किन लागेका हुन् ।प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते सिंगापुर गएका थिए। प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु