काठमाडौं, साउन २४ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन् ।माओवादी विद्रोहको नेतृत्वको गर्ने अवसर पाए पनि आफू हिंसात्मक गतिविधिमा भने संलग्न नभएको उनको दाबी छ ।
‘म त्यस्तो विद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन, कसैको एक लपेटो खाएको पनि छैन’, अध्यक्ष दाहालले भने, तर मेरो हिंसात्मक गतिविधिमा कुनै संलग्नता रहेन भन्दा मान्छेहरुलाई पत्याउन गाह्रो भैरहेको छ ।’
दिनानाथ शर्माद्धारा लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको शुक्रबार काठमाण्डौमा विमोचन गर्दै उनले अहिले आफूलाई हिंस्रक मान्छेको रुपमा चित्रण गर्ने गरेको भन्दै असन्तुष्टि पनि जनाए ।


