चितवनमा बसको ठक्करबाट महिलाको मृत्‍यु

एटुजेड समाचार

चितवन, साउन २३ – भरतपुरमा आज बसले साईकल यात्रीलाई ठक्कर दिँदा एक महिला को मृत्यु भएको छ । बसको ठक्करबाट गम्भिर घाईते भएकी ३८ वर्षिय मोतीमांया गुरुङको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

मेघौलीबाट नारायणगढ तर्फ आउदै गरेको ना६ख ९३४६ नम्बरको बसले गुरुङलाई भरतपुर १५ मंगलपुरमा ठक्कर दिएको थियो । गुरुङको घर लम्जुङ भई हाल भरतपुर महानगरपालिका १५ मंगलपुर बस्दै आएकी थिइन् । ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यलय चितवनले नियन्त्रणमा लिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु