गायत्री पराजुलीको तीज गीत ‘जमाना अनुसार’ सार्वजनिक (भिडियो सहित)

एटुजेड समाचार

चितवन, साउन १५ – गायत्री पराजुलीको नयाँ तीज गीत सार्वजनिक भएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा गायत्रीको ‘जमाना अनुसार’ बोलको नयाँ तीज गीत युट्युबमा सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा गायत्रीकै शब्द रहेको छ । गीतमा देवी घर्ती, प्रदिप त्रिपाठी र गायत्रीको आवाज रहेको छ भने प्रदिप त्रिपाठीकै संगीत रहेको छ । गीतमा महिलाहरुको सौन्दर्यको बिषय रहेको छ । गीतको भिडियोमा निशान एसके र बिनिता ओझा फिचर्ड रहेका छन् ।

गीतको भिडियोलाई निशान एसकेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनि उनकै रहेको छ । दीपक गिरीले खिचेको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका हुन् । गीत र भिडियो दुबै निकै राम्रो बनेको छ । सार्वजनिक भए लगत्तै गीतले दर्शक श्रोताहरुबाट राम्रो प्रतिकृया पाईरहेको छ ।

https://www.youtube.com/watch?v=XsaCAfY6V0Y

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु