चितवन, साउन १५ – विप्लव समुहले आह्वान गरेको बन्दको चितवनमा पनि प्रभाव परेको छ । काठमाडौं इन्चार्ज माइला लामा पक्राउको विरोधमा उसले आज वाग्मति, नारायणी र जनकपुर अञ्चलको १५ जिल्ला बन्दको आह्वान गरेको हो । जसको चितवनमा पनि प्रभाव देखिएको हो ।
बन्दका कारण नारायणगढ बजारका पसलहरु बिहानको समयमा बन्द रहेका छन् । ठुला तथा लामो दुरीका सवारी साधनहरु पनि चलेका छैनन् । सार्वजनिक सवारीहरु लगभग ठप्प रहेको छ । केही निजी सवारी साधन र म्याजिक तथा अटोहरु भने बिहानै देखी चलिरहेका छन् ।


यस्तै बन्दको कारण अहिले सम्म चितवनमा कुनै पनि किसिमको अप्रिय घटना घटेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सम्म जिल्लाको अवस्था सामान्य रहेको छ । अन्य केही जिल्लामा भने फाट्टफुट्ट केही घटना भएका छन् ।