रगंशालाका लागि सहयोग जुट्ने क्रम तिब्र, आइतबार बिहानै उठ्यो ९३ लाख

एटुजेड समाचार

सुशिल पन्त

चितवन, साउन १२ – चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि सहयोग रकम उठ्ने क्रम तिब्र रुपमा अघी बढीरहेको छ । धुर्मस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि बिभिन्न संघ संस्था तथा ब्यक्ती बिशेषबाट सहयोग जुटिरहेको अवस्थामा आइतबार बिहान मात्रै थप ९३ लाख भन्दा बढी सहयोग जुटेको छ ।

आइतबार बिहान भरतपुर महानगरपालिकाको कार्यालयमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा ९३ लाख २६ हजार १ सय ९३ रुपैँया सहयोग प्राप्त भएको हो । कार्यक्रममा महानगरपालिकाले ५० लाख सहयोग रकम हस्तान्तरण गरेको थियो । महानगरका कर्मचारीको ३ दिनको तथा पदाधिकारीको एक महिनाको तलबबाट संकलित ५० लाख रुपैँया आज महानगर प्रमुख मेयर रेणु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तण गरिन्।

सोही कार्यक्रमका अन्य ब्यक्ती तथा संघसंस्थाहरुले पनि आर्थिक सहयोग गरेका छन् । रगंशाला निर्माणका लागि उद्योग संघ चितवनले १२ लाख ७५ हजार सहयोग हस्तान्तरण गरेको छ । उक्त रकम संघका अध्यक्ष भेषराज दवाडीले फाउण्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गरे । पुर्वघोषित ५१ लाख रकम मध्य पहिलो चरणमा १२ लाख ७५ हजार हस्तान्तरण गरिएको संघका अध्यक्ष दवाडीले जानकारी दिए । गत माघ १६ गते चितवनमा रगंशाला निर्माण हुने घोषणा भए लगत्तै उद्योग संघ चितवनले ५१ लाख सहयोग गर्ने प्रतिबद्दता गरेको थियो ।

उता भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र सुवेदीले आफ्नो ब्यक्तीगत तर्फबाट नगद १ लाख ५१ हजार १ सय ५१ रुपैँया फाउण्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गरे । यस्तै अक्स्फोर्ड कलेज अफ एन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टले पनि फाउण्डेसनलाई आर्थिक सहयोग रकम हतान्तरण गरेको छ । कलेजले यस अघी घोषणा गरेको ७ लाख ७७ हजार ७ सय ७७ मध्य दोस्रो चरणमा आज २ लाख ३३ हजार ३ सय ३३ रुपैँया हस्तान्तरण गरेको हो । उक्त रकम कलेजका अध्यक्ष हरि भण्डारीले फाउण्डेसनलाई हन्तान्तरण गरे । कलेजले यस अघी पहिलो चरणको रकम उपलब्ध गराईसकेको र बाँकी रकम अर्को चरणमा उपलब्ध गराउने कलेजका अध्यक्ष भण्डारीले जानकारी दिए ।

अन्य बिभिन्न संघ संस्थाहरुले पनि आर्थिक सहयोग घोषणा गरेका छन् । उक्त कार्यक्रममा हंश बहु उद्देशियय सहकारी संस्थाले १० लाख सहयोग घोषणा गरेको छ। संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले उक्त घोषित रकम छिट्टै फाउण्डेसनलाई उपलब्ध गराउने जानकारी दिए । यस्तै सर्वशक्ती सहकारी संस्थाले पनि ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया घोषणा गरेको छ । सहयोग घोषणा गर्दै संस्थाका अध्यक्ष मित्रराज दुवाडीले उक्त रकम केही दिनमा उपलब्ध गराउने प्रतिबद्दता जनाएका छन् ।

यस्तै डा शारदा कुँवर र नारायण कुँवरले पनि आर्थिक सहयोग घोषणा गरेका छन् । कुँवर दम्पतीले रगंशाला निर्माणका लागि १० लाख सहयोग घोषणा गर्दै उक्त रकम छिट्टै उपलब्ध गराउने जानकारी दिएका छन् । उता चितवन जिल्ला बचत तथा ॠण सहकारी संस्थाले एक लाख सहयोग घोषणा गरेको छ । संस्थाका अध्यक्ष हरिषचन्द्र सुवेदीले उक्त रकम केही दिनमै फाउण्डेसनलाई हस्तान्तरण गरिने बताए ।

कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष धुर्मसले रंगशाला निर्माणको क्रममा घटेको केही घटनालाई बिर्सदै चितवन तातिएको बताएका छन् । उनले चितवनसँग जनता ताते बिकास निर्माणको काम गर्न सकिने उदाहरण दिने ठुलो अवसर रहेको बताएका छन् । रंगशालाबाट चितवनबासीलाई नै सबै भन्दा धेरै फाईदा हुने भएको यो जोश सधैं यस्तै रहन जरुरी रहेको बताए । यस्तै उनले बिशेष गरी चितवनबासी तथा सम्पूर्ण नेपालीसामु जनस्तरबाट विश्वकै पहिलो रंगशाला निर्माण गरेर देखाउने ठुलो अवसर रहेको समेत बताए ।

यसै बिच रंगशाला निर्माण सहयोगार्थ चितवनका बिभिन्न स्थानिय तहमा सहयोग समिती गठन भईसकेको अवस्थामा आज भरतपुर महानगरस्तरिय सहयोग समिती र निर्देशन समिती गठन भएको छ । महानगर प्रमुख रेणु दाहालको संयोजकत्वमा ३५ सदस्यीय निर्देशन समिती तथा उपप्रमुख पार्वती शाहको संयोजकत्वमा ३०० सय सदस्यीय महानगरस्तरिय सहयोग समिती गठन भएको हो । उक्त समितीमा आवश्यकता अनुसार सदस्य थप गर्न सकिने बताईएको छ । कार्यक्रम महानगर प्रमुख रेणु दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । निर्देशन समितीले नितिगत रुपमा सहयोग गर्नेछ भने सहयोग समितीले आर्थिक संकलन अभियान सन्चालन गर्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु