रोमान्चक खेलमा भारतलाई हराउदै न्युजिल्यान्ड फाइनलमा

असार २५ – रोमान्चक खेलमा भारतलाई पराजित गर्दै न्युजिल्यान्ड एक दिवसिय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न खेलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्डले फाइनलमा स्थान बनाएको हो ।
न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत एक समय निकै नाजुक अवस्थामा रहेको थियो । विश्वकपको उपाधी दाबेदार मानिएको भारतले निकै खराब सुरुवत गरेको थियो । भारतले सुरुवाती ४ विकेट सस्तैमा गुमाएको थियो । उसका सुरुवाती तीन ब्याट्सम्यानले लज्जास्पद ब्याटिङ गरे । ओपनर लोकेश राहुल र रोहित शर्मा समान १-१ रनमा पेभिलियन फर्किए । यस्तै कप्तान बिराट कोहली पनि १ रन बनाएरै पेभिलियन फर्किए ।
स्कोरबोर्डमा ४ रन हुँदा भारतले पहिलो विकेटको रुपमा रोहितलाई १ रनमा गुमाएको थियो । यस्तै स्कोर बोर्डमा ५ रन हुँदा कप्तान कोहली पनि १ रन बनाएर पेभिलियन फर्किए । लगत्तै ५ रनमै तेस्रो विकेटको रुपमा राहुल १ रनै पेभिलियन फर्किए । चौथो विकेटको रुप्मा दिनेश कार्तिक ६ रन बनाएर आउट भए जती बेला भारतको स्कोर २४ रन रहेको थियो ।
लगातार ४ विकेट सस्तैमै गुमाए पछी भारतीय इनिङ धरासायी बनेको थियो । रिशब पन्त र हार्दिक पाण्ड्याले भारतलाई केही सम्हाल्ने प्रयास गरेका थिए । तर रिशब पाँचौ विकेटको रुपमा रिशप ब्यक्तिगत ३२ रनमा आउट भए । लगत्तै हार्दिक पनि समान ३२ रनमा पेभिलियन फर्किए । यसरी भारतले स्कोर बोर्डमा १०० रन पनि नपुग्दा महत्वपूर्ण ६ विकेट गुमाए पछी उनको इनिङ धर्मराएको थियो ।
भारतको धर्मराएको इनिङ महेन्द्र सिंह धोनी र रबिन्द्र जडेजाले उकासे । यि दुईले खराब इनिङलाई उकास्ने मात्र नगरी एक समय हारे तर्फ लम्किएको भारतलाई जित तर्फ लागेका थिए । यद्दपी जिताउन भने सकेनन् । धोनी र जडेजाले सातौ विकेटको लागि ११६ रनको महत्वपूर्ण साझेदारी गरे । जडेजाले ७७ तथा धोनीले ५० रनको महत्वपूर्ण पारी खेले पनि हार भने टार्न सकेनन् । जडेजाले ५९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । यस्तौ धोनीले ७२ बलमा समान १ चौका र १ छक्का प्रहार गरे । यि दुई आउट भए पछी भारतको इनिङ फेरी पतन भयो । भारतको इनिङ धरापमा पार्ने क्रममा म्याट हेन्रीले ३ तथा ट्रेन्ट बोल्ट र मेचेल सेन्ट्नरले समान २-२ विकेट लिए ।
त्यस अघी टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले बर्षाको कारण खेल रोकिनु अघी ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । उसले बुधवार त्यही स्थितिबाट खेल सुरु गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २३९ रन बनाएको थियो ।
खेलमा न्युजिल्यान्डले पनि खराब सुरुवात गरेको थियो । उसले तेस्रो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गुप्टिललाई १ रनमै गुमाएको थियो । जती बेला न्युजिल्यान्डको स्कोर जम्मा १ रन रहेको थियो । गुप्टिललाई जस्प्रित बुम्राहले कप्तान बिराट कोहलीको हातबाट क्याच आउट गराएका थिए ।
खराब सुरुवात गरेको न्युजिल्यान्डलाई हेनरी निकोल्स र कप्तान केन विलियम्सनले सम्हाले ।निकोल्स र विलियम्सनले दोस्रो विकेटको लागि ६८ रनको साझेदारी गरे । दोस्रो विकेटको रुपमा निकोल्स २८ रन बनाएर पेभिलियन फर्किए । उनले ५१ बलमा २ चौका प्रहार गरे ।
तेस्रो विकेटको रुपमा पेभिलियन फर्किनु अघी कप्तान विलिम्सनले ९५ बलमा ६ चौकाको मद्दतमा ६७ रन बनाए । यस्तै कोलिन डे ग्र्याण्डहोम १६ तथा जेमस निशाम १२ रन बनाएर पेभिलियन फर्किए । टोम लाथम १० रन बनाएर आउट भए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । न्युजिल्याण्डले अब उपाधीका लागि अष्ट्रेलिया र इंल्याण्ड बिचको बिजेता सँग खेल्नेछ । एजेन्सी
तपाइँको प्रतिक्रिया