काठमाडौ, असार २४,नयाँ कानून आएपछि तह लागे अब सबै बैंकका एटिएम, यस्तो नयाँ ब्यवस्था। पुरा पढ्नुहोस, कारबाहीमा पर्ने डरका कारण सबै बैंक तथा वित्तीय संस्थाले एटिएम मेसिनमा नेपाली भाषा राखेका छन्। नेपाल राष्ट्र बैंकले जेठ ६ मा ३० दिनभित्र एटिएम मेसिनमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। राष्ट्र बैंकको निर्देशन पालना नगरे कारबाहीमा पर्ने डरले पनि एटिएम मेसिन भएका सवै बैंक तथा वित्तीय संस्थाले नेपाली भाषा राखेका हुन्।
तोकिएको अवधिभित्र नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था नमिलाइएको पाइए भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ अनुसार कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको थियो। कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले केन्द्रीय बैंकको निर्देशन पालना नगरे कारबाहीमा परिन्छ भन्ने डरले पनि सबै बैंकले एटिएममा नेपाली भाषा राखिसकेको बताए। राष्ट्र बैंकले दिएको निर्देशन पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा ९२० बमोजिम १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। त्यति ठूलो जरिवाना तिर्नुभन्दा नेपाली भाषा राख्नु उत्तम हुने भएकाले एटिएम मेसिनमा हतार–हतार नेपाली भाषा राखिएको एक बैंकरले बताए। पाथीभरा डेलीबाट


