मध्यपहाडी लोकमार्ग भासियो

एटुजेड समाचार

बागलुङ,असार २२ – मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा सडक भासिएको छ । यो ठाउँमा पहिरोसमेत खसेको छ ।

वर्षासँगै तालमा पानीको मात्रा बढेपछि मध्यपहाडी लोकमार्ग लगातार कटान भइरहेको छ । कतिपय स्थानमा सडक भासिन थालेको छ । कृत्रिम ताल फुट्न सक्ने खतरा रहको स्थानीयवासीले बताएका छन् । पहिरोका कारण मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध हुन थालेको स्थानीयवासी दिनेश शर्माले बताए ।

गएको वर्ष भदौमा पहिरो खस्दा बडिगाडखोला थुनिएर तीन सय मिटर क्षेत्रमा ताल बनेको थियो । यो क्षेत्रमा पहिरो खसे ढोरपाटन नगरपालिकाको भाग डुबानमा पर्ने तथा ताल फुटे बडिगाडलगायत गुल्मीका तटीय क्षेत्रमा क्षति पुग्ने देखिएको भीमगिठे प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक ऋनबहादुर वैदारले बताए ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु