परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फिर्ता

एटुजेड समाचार

काठमाडौं, असार २० – – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पाँच दिवसीय चीन भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फर्कनु भएकाे छ ।
उहाँ चिनियाँ शहर  डालियानमा आयोजित  विश्व आर्थिक मञ्चको १३औँ वार्षिक बैठकमा भाग लिएर आफ्ना समकक्षी वाङ यीसँग द्विपक्षीय परामर्शका निम्ति बेइजिङ पुग्नुभएको थियो ।

बुधबार बेइजिङमा उच्चस्तरीय वार्ता सकेर स्वदेश फर्कनुभएका मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु