चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

चितवन, असार २० – चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहान ५ः४५ बजेको समयमा मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ट्रकका सह–चालक सर्लाही घर भएका १९ वर्षीय बालकिशोर यादव रहेका छन् भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । यस्तै दुर्घटनामा चालक सर्लाही घर भएका २० वर्षीय दीपेन्द्र साह घाईते भएका छन् । उनको भरतपुरमा उपचार भईरहेको छ ।
तपाइँको प्रतिक्रिया