हुम्ला जीप दुर्घटनामा अपडेट : सबैकाे निधन भएकाे भन्दै गाउँपालिकाद्वारा शोक प्रस्ताव पारित

एटुजेड समाचार

हुम्ला, असार ०५ – – हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा गएको मंगलबार भएको जीप दुर्घटनामा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई गाउँपालिकाले १०/१० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

१० जना चढेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनाबाट कर्णाली नदीमा खसेको थियो ।जीप सहित नदिमा खसेका व्यक्तिहरुको अवस्था अझैसम्म पनि थाहा हुन सकेको छैन । खोजीमा तालिम प्राप्त गोताखोरसहितको टोली बुधबारबाटै खटिएको भए पनि अझैसम्म पनि भेट्न सकेको छैन ।

तर गाउँपालिकाको कार्यसमिति बैठकले भने बेपत्ता भएकाहरुको मृत्यु भएको ठहर गर्दै शोक प्रस्ताव पारित गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भीमराज शाहीले बताए ।हराइरहेको जीपसहित त्यसमा रहेका यात्रुको खोजीका लागि गोताखोरसहित सशस्त्र प्रहरीको १० जनाको टोली खटिएको छ ।

 

यस्तो छ शोक प्रस्ताव :

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु