पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

एटुजेड समाचार

चितवन, जेष्ठ १९ -पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा भएको छ । गए रातिको वर्षाका कारण दुई ठाउँमा पहिरो गएकोले सडक एकतर्फी सञ्चालनमा आएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो ।अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई–तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=TUxP32fjBtA

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू