जेठ १५, चितवनः नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिले दुई तिहाईको सरकारको नियतनै खराब भएको बताउनु भएको छ ।
दुईतिहाइको सरकार गलत बाटोमा गएको बताउँदै उहाँले कांँग्रेसले आफूलाई बलियो बनाएर सरकारको गलतबाटोलाई रोक्न सक्ने बताउनु भयो । आज भरतपुर विमानस्थलमा प्रेस युनियन, चितवनले आयोजित गरेको पत्रकार सम्मलेनमा बोल्दै उहांँले कांँग्रेसले आफूलाई सुधार्दै लैजानुपर्ने बताउनुभयो । ‘कांँग्रेस सुध्रिए, कांँग्रसनै बलियो हुन्छ, बलियो भए सरकारको गलत बाटो रोक्न सक्छ ’उहांँले भन्नुभयो ।
सरकारले ल्याउन लागेको सञ्चार तथा मिडिया काउन्सील विधेयकको सम्बन्धमा बोल्दै थापाले भन्नुभयो, ‘जनताको वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने काम गरेको छ, जनतालाई सेवा दिन नसके पछि उनिहरुको अभिव्यक्ति स्वतन्त्रता प्रति वन्देज लगाउन खोजेको हो।’,
सरकारले ल्याएको बिधेयक जस्तको तस्तै अवस्थामा कुनै पनि कुनै पनि हालतमा पास हुन नदिने वताउँदै उहाँले भन्नुभयो “संञ्चार मन्त्रीले भने जस्तो एक, दुई, तीन यो बिधेयक पास हुन दिदैनौ । ”
यस बिषयमा पत्रकारका संगठनहरुले समेत आन्दोलित भएको भन्दै थापाले भन्नुभयो ,“ लेखेर अनि दिन गनेर राख्नुस् ,एक ,दुई ,तिन पास हुन दिदैनौ
नेता थापाले विगत १० वर्षमा चेतनालाई गणतन्त्रात्मक वनाउन दलका नेताहरु चुकेको बताउनु भयो । उहाँले गणतन्त्र केवल शासनको स्वरुपको विषय मात्र नभएर एउटा चरित्र र चेतनाको बिषय भएको बताउनु भयो ।
्थापाले सरकार संगै प्रतिपक्षको भूमिका पनि चित्तवुझ्दो वनाउन नसकेको स्विकार गर्दै गणतन्त्रको रक्षाका लागि काँग्रेस वलियो वनेर भूमिकामा परिवर्तन ल्याउनुपर्ने बताउनु भएको हो ।
निर्वाचनको समय पछि प्रारम्भमा निर्वाचनमा भएको पराजयको आक्रोस, लाल्छना, आरोप प्रत्यारोप सामान्य कुरा भएपनि अब आफु भित्रका कमजोरी सुधार्दै जनताको लागि सोच्ने बेला आएको उहाँले बताउनुभयो । कम्ययुनष्ट पार्टीले चलाएको सत्ता तीब्र गतिमा अनुदारवाद तर्फ गइरहेकाले जनताको संबैधानिक हक अधिकार सुनिश्चित गर्न कांग्रेस सुध्रिनुपर्ने उहाँले जोड दिनु भयो ।
