गोन्द्राङ् ढाट काण्ड ः दोषीलाई कडा कारवाहीको माग

जेष्ठ ६, चितवनः पूर्ब पश्चिम राजमार्ग अन्र्तगत भरतपुरको गोन्द्राङ्मा भएको तोडफोड र आगजनीमा संलग्न दोषीलाई कडा कारवाही गर्न प्रशाशन संँग माग गरिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय चितवमा वसेको सर्बदलिय र सर्ब पक्षिय वैठकले यस्तो माग गरेको हो ।
टिकौलीमा राखिएको ढाटको बिषयलाई लिएर शुक्रबार तोडफोड र आगजनी हुँदा प्रहरी सहायक निरिक्षक कल्पना खड्का लाई आगोले लप्काले जलाएको थियो । प्रदेश सांसद कृष्ण खनालकै रोहोवरमा प्रहरी माथि आगजनी भए पछि सर्बदलिय वैठक वसेको हो । वैठकले घटना दुखद र निन्दनिय भएको भन्दै यसमा संलङ्न सवैलाई कानुनी दायरामा ल्याउन समेत आग्रह गरेको छ ।
ढाट हटाउने विषय केन्द्रीय सरकारको सडक बिभागले गर्ने भएकाले स्थानीयले कानुनी प्रकृया रोज्नु पर्नेमा कानुन हातमा लिएर घटना गर्न उद्धत रहेको भन्दै वैठकमा यसको चर्को विरोध गरिएको छ । गैरकानुनी कृयाकलाप वढ्दै गएकाले यसमा संलग्न लाई कारवाहि गर्न प्रशासनलाई सबै अधिकार रहेको भन्दै बैठकले दोषी पत्ता लगाई यथाशीघ्र कारवाही गर्न माग गरेको हो ।
तपाइँको प्रतिक्रिया