दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि छानबिनमा अमेरिकाको आपत्ति

एटुजेड समाचार

काठमाडाैं ,जेठ ३ – नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि सुरु भएको छानबिनको विषयमा आपत्ति जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

अमेरिकी दूतावासका प्रवक्ताले नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । ‘नेपाल सरकारले नेपाली नागरिकले सूचना प्राप्त गर्ने अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेकोप्रति हामी आश्चर्यमा परेका छौँ,’ दूतावासका प्रवक्ताले भने ।

नेपाल सरकारले अर्को मुलुकको सरकारको संवेदनशीलता भन्दै स्वतन्त्र मिडियाको अधिकारीमाथि प्रतिबन्ध लगाउन खोजेको दूतावासको आरोप छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु