धौलागिरीको अध्यक्षमा सेञ्चुरी

एटुजेड समाचार

वैशाख ३१,चितवन । धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको अध्यक्षमा भीमप्रसाद सेञ्चुरी चयन हुनु भएको छ ।
मञ्चको सोमबार भएको अधिवेशनले सेन्चुरीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लालबहादुर सेन्चुरी, उत्सव खाती, महासचिवमा अमिर रामदाम, कोषाध्यक्षमा तुलबहादुर खाती, सचिवमा अमिर सुनार, सहकोषाध्यक्षमा जुना आत्रेय सुनार चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा डुविन्द्रध्वज विश्वकर्मा, पूर्ण प्रसाद सेन्चुरी, लक्ष्मण सेन्चुरी, सुन्दर पौडेल विश्वकर्मा, जीवन सेन्चुरी, गोविन लाम्गादे, राजकुमार घमाल, गंगा रामदाम, राजु खाती, राजु पौडेल, गोपाल विक, डम्बरध्वज विश्वकर्मा रहेका छन् ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाईलीको प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चित्र बहादुर विश्वकर्मा, विश्वकर्मा सेवा समितिका संस्थापक सचिव टेकबहादुर विश्वकर्मा, विश्वकर्मा सेवा समितिका संस्थापक कोषाध्यक्ष कमल रामदाम, लगायत अन्य संघ सस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा मञ्चका उपाध्यक्ष लालबहादुर सेन्चुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष भीमप्रसाद सेन्चुरीले गर्नुभएको थियो । मञ्चले १७ बुँदे घोषणापत्र समेत जारी गरेको थियो । कार्यक्रममा अग्रज व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । धौलागिरी अञ्चलका विश्वकर्माहरू एकजुट होऔं, भगत सर्व्जित विश्वकर्माको ईतिहास संरक्षण गरौ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
ऐतिहासिक घोषणा सभा सम्पन्न

धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको ऐतिहासिक घोषणा सभा सोमबार सम्पन्न भएको छ । मञ्चका जेष्ठ सदस्य खड्कलाल रामदामको अध्यक्षतामा घोषणा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चित्र बहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा, अग्रजहरु शेरबहादुर पौडेल, दलप्रसाद विश्वकर्मा, तेजबहादुर रामदाम, ददिराम रामदाम लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा दलित अग्रज ददिराम रामदामले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू