कांग्रेसले आफ्नो अपमान गरेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं, वैशाख २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सांसदहरुले आफ्नो अपमान गरेको आरोप लगाएका छन् ।उनले संसदमा प्रश्न सोध्ने नाममा कांग्रेस सांसदहरुले आफ्नो अपमान गरेको आरोप लगाएका हुन् ।
मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि सांसदहरुले प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्रीले निम्छरो विषय बाहेकको जवाफ दिन्छु भनेपछि हंगामा भएको थियो ।
जनतासँग प्रधानमन्त्री कार्याक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसदमा मेरो अपमान गरियो । तथानाम प्रश्न गरिएको थियो ।’वाइडबडी, बालुवाटार प्रकरणमा कसैलाई निर्दोष घोषणा गर्ने अधिकार कसले दियो भन्ने जस्ता प्रश्न गरिएको भन्दै उनले भने, ‘मैले तपाईलाई निदोर्ष हुन न्यायाधीश हुनुपर्छ र ?’
उनले अघि भने, ‘म पनि कुदेर गएर प्रधानमन्त्रकिो कुर्सिमा बसेको होइन, जनताले राम्रै बहुमतले छानिएको हुँ । म कसैलाई मन नपर्नु बेग्लै कुरा हो, आम जनताले मन पराएको छ । जथाभावी बोल्ने बान्छनीय होइन ।’
तपाइँको प्रतिक्रिया