दुई नेपाली चेलीको उत्कृष्ट खेलको मद्दतमा सेथुको लगातार दोस्रो जित
बैशाख २५ – इन्डियन वुमन्स लिगको पहिलो खेलमा नै ४ गोल गरेर तहल्का मच्चाएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सावित्रा भण्डारी र अनिता बस्नेत चल्दा सेथु फुटबल क्लबले लगातार दोस्रो जित हात पारेको छ । इन्डियन वुमन्स लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा सेथु ले बेंगलोर युनाइटेडलाई ३-० ले पराजित गर्यो ।
सेथुको जितमा सावित्रा र अनिता सँगै सन्ध्या रंगनाथनले पनि गोल गरिन् ।लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सेथुले सावित्राको गोलमा सुरुवाती अग्रता लिएको थियो । उनले ११ औं मिनेटमा गोल गर्दै सेथुलाई सुरुवाती अग्रता दिलाईन् । खेलको ४० औं मिनेटमा सन्ध्या रंगनाथनले गोल गर्दै सेथुको अग्रता दोब्बर पारिन् ।
दोस्रो हाफमा मैदान प्रवेश गरेकी नेपालकी अर्की खेलाडी अनिता बस्नेतले उनले ७४ औं मिनेटमा गोल गर्दै गरे पछी सेथु ३-० ले बिजयी भयो ।लगातार दोस्रो जितसँगै सेथु अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । सेथुले २ खेलमा ६ अंक बनाएको छ ।एजेन्सी
तपाइँको प्रतिक्रिया