प्रधानमन्त्रीलाई रिजालको सुझाब : देश उखान टुक्काले चल्दैन, प्रहसनको पात्र नबन्नुस्

भक्तपुर,बैशाख २५ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहसनको पात्र नबन्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद मिलेन्द्र रिजालले आग्रह गरेका छन् ।बुधबारबाट सुरु भएको नेपाली कांग्रेसको देशव्यापी जनजागरण अभियान अन्तर्गत भक्तपुरको दूधपाटीमा आयोजित कार्यक्रममा बोल्दै रिजालले प्रधानमन्त्री ओलीलाई आफ्नो जिम्मेवारी भुलेर कलाकारितामा नलाग्न पनि आग्रह गरेका छन् ।
‘प्रधानमन्त्रीज्यू, सपनाको दुनियाँबाट बाहिर निस्कनुहोस्, देशमा कलाकारहरुको ताँती छ, प्रहसनको पात्र नबन्नुस्, देश उखान टुक्का र कलाकारिताले चल्दैन – रिजालले भने ।
प्रधानमन्त्रीले सानो दललाई होच्याउने र खिच्याउने गरेको रिजालले आरोप लगाए । उहाँले भने – ‘प्रधानमन्त्री राजा महाराजको कित्तामा पुग्दै हुनुहुन्छ, जनताले अब राजा महाराज चाहँदैनन्, कांग्रेसको खबरदारी सत्ताको लागि होइन, जनताको पक्षमा काम गर्नुस् भनेर हो ।’
नेपाली कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्ने बताउदै उनले भने, ‘कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्छ’,–पूर्व मन्त्रीसमेत रहनु भएका रिजालले भने, ‘काँग्रेसलाई सत्ता चाहिएको छैन, यो जागरण अभियान सत्ताका लागि होइन, जनतामा जागरण ल्याउन हो ।”
तपाइँको प्रतिक्रिया