सरकारले अलोकतान्त्रिक ढंगबाट नीति तथा कार्यक्रम पास गर्यो – नेता पौडेल

सिन्धुली, बैशाख २५ – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अलोकतान्त्रिक ढंगबाट नीति तथा कार्यक्रम पास गरेको आरोप लगाएका छन् । बुधबारदेखि सुरु गरेको कांग्रेसको राष्ट्रिय जागरण अभियानको लागि धनुषाको जनकपुर जाने क्रममा नेपाल प्रेस यूनियन शाखा सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपापाैल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरी जबरजस्ती पास गरेको पौडेलको भनाइ थियो ।
ओली सरकारमा खराब सोच र अभिव्यक्तिका कारण अहङ्कारले ग्रस्त रहेको बताउँदै यसले देशलाई सही गन्तव्यमा पुर्याउन नसक्ने नेता पौडेलले बताए । उनले भने ‘लथालिङ्ग देशको भताभुङ्ग चाल, जस–जसले लड्छ उसैले खाला भनेझैँ देशमा स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म आर्थिक राजनैतिक अराजकता रहेको छ ।’


तपाइँको प्रतिक्रिया