गोरखाको फुजेलमा करेन्ट लागेर एकको मृत्यु
काठमाडौं ,बैशाख १० – गोरखाको गण्डकी गाउँपालिका–३ साबिकको फुजेल गाविसमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलमा काम गर्न जाँदा स्थानीय चमतीका अन्दाजी ३५ वर्षीय भुवन अधिकारीको बिहान ८ः३० बजे करेन्ट लागेर मृत्यु भएको हो ।
बिजुलीको पोलमा काम गर्न जाँदा प्राधिकरणसँग सल्लाह गरेर गएको स्थानीय धुव्र दुवाडीले जानकारी दिए । उनले भने, ‘प्राधिकरणको लापरबाहीको कारण भुवनको मृत्यु भएको हो ।’अहिले पनि उनको शव बिजुलीको तारमा झुन्डिएको अवस्थामा रहेको उनले बताए । घटनाबारे प्रहरीलाई खबर गरिएको छ । भुवन गाउँमा केही वर्षदेखि बिजुलीको काम गर्दै आएका थिए ।
तपाइँको प्रतिक्रिया