तामाङ पत्रकार संघ चितवनद्धारा भित्तेपात्रो सार्वजनिक

७ बैशाख, चितवन –
तामाङ पत्रकार संघ चितवनले २०७६ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । शनिबार भोजाडमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी तामांग तिथिमिति समेटिएको भित्तेपात्रो सार्वजनिक गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले पत्रकार देशलाई समृद्ध बनाउने महत्वपुर्ण अंग भएकाले सधै निष्पक्ष र तटस्थ भएर समाचार लेख्न आग्रह गरे । उनले देशमा राजनितिक तथा समाजिक परिवर्तन भइसकेकाले अव हरेक नागारिक दक्ष र योग्य हुनुपर्ने धारणा राखे । त्यसका लागि शिक्षामा जोड दिनुपर्ने उनको भनाई थियो ।
नेपाल तामाङ घेद’ङको संघीय सदस्य गोमन सिहं रुम्बाले क’नै समय राज्यको नितिमा नै पछि परेको तामाङ समुदाय अहिले अधिकारका लागि लड्न सक्षम भइसकेको बताए । उनले तामाङ पत्रकारले समुदायको संस्कृति, भाषा, भेषभ’षा जगेर्नामा भ’मिका खेल्न सक्न’पर्ने बताए । फोनिजका संघीय सदस्य राजु चौधरीले ज’नस’कै सम’दायको भए पनि पत्रकारले समावेशी भ’मिका खेल्न’पर्ने बताए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पत्रकारको क्षमता अभिबृद्धिका लागि स्थानिय सरकार तथा विभिन्न संघ संगठनले ध्यान दिन’पर्ने धारणा राखे । स्थानिय सरकारहरुले सञ्चारमाध्यम र पत्रकारसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा उनीहरुको जोड छ ।


कार्यक्रममा तामाङ पत्रकार संघका संघीय सदस्य उर्गेन तामाङ, घेद’ङका जिल्ला अध्यक्षा गोपिराज घलान, जिल्ला खेलक’द बिकास समितिका अध्यक्ष गंगा लामा, प्रेस चौतारीका अध्यक्ष तिर्थ नेपाल, प्रेस य’नियनका अध्यक्ष अनिल ढकाल, फोनिजका अध्यक्ष सन्दिप क’मार श्रेष्ठ लगायत सरोकारवालाहरुले आफ्नो धारणा राख्दै श’भकामना साटेका थिए । संघका सचिव राजेश रुम्बाले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष बबिलाल तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संघका अध्यक्षा ज्ञानेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया