जातीय भेदभाव अन्त्यका लागि ‘पदयात्रा’ टोली चितवनमा, शुक्रबार बिशेष कार्यक्रम हुँदै

चितवन, बैशाख ५ – ‘जातीय विभेद र छुवाछुतको व्यावहारिक रुपमै अन्त्य गरौं’ भन्ने मूल नाराका साथ शुरु भएको ‘महाकाली–मेची पदयात्रा’ टोली चितवन आइपुगेको छ । दोधारा चाँदनीबाट शुरु भएको पदयात्रा टोली चितवन आईपुगेको हो । पदयात्रा टोलीमा होमराज आचार्य, अशोक दर्नाल र रिता परियार रहेका छन् ।
पदयात्रा टोलीले शुक्रबार चितवनको भरतपुरमा बिशेष कार्यक्रम हुने जानकारी दिएको छ । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै टोलीले भरतपुर महानगरपालिकाको आयोजनामा शुक्रबार जिल्ला संमन्वयन समितीको सभाहलमा बिशेष कार्यक्रम हुने जानकारी दिएको छ । कार्यक्रमलाई नेपाल कमन्युष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहालले सम्बोधन गर्ने तालिका रहेको बताईएको छ ।
जातिय बिभेद र छुवाछुतलाई व्यवहारिक रुपमै अन्त्य गर्नका लागि पदयात्रा शुरु गरिएको टोलीकी सदस्य रिया परियारले बताईन् । परियारले लिखित रुपमा नेपालमा जातिय भेदभाव र छुवाछुत अन्त्य भएको भनिएता पनि व्यवहारिक रुपमा अझै लागु नभएको कारण पदयात्रा शुरु गरिएको बताईन् ।


परियारले पदयात्राको क्रममा बिभिन्न जिल्लामा पुग्दा दलितहरु माथि अझै पनि दुर्व्यवहार हुने गरेको पाईएको बताउदै यसको अन्त्यका लागि दलित समुदाय मात्र नभई गैर दलितहरु पनि अघी बढ्नु पर्ने धारणा राखिन् । परियारले यो अभियान दलित आन्दोलनलाई फेरी झकझक्याउन लागि शुरु गरिएको बताईन् ।
आफु पनि कुनै समय भेदभाव र छुवाछुतको पीडित भएको स्मरण गर्दै परियारले यसको अन्त्य हुन जरुरी बताईन् । परियारले परिवर्तनका लागि एउटा इट्टा थप्नु नै आफुहरुको एक मात्र लक्ष्य रहेको बताईन् ।
अर्का पद यात्री अशोक दर्नालले संघिय लोकतान्त्रिक सरकारले छुवाछुत र जातिय भेदभाव अन्त्य भएको घोषणा गरिसक्दा पनि व्यवहारिकतामा अझै देखा नपरेको बताए । उनले अघिल्लो बर्ष नै धारा छोएको निउमा जनप्रतिनिधीले नै एक दलित महिलाको हत्या गरेको स्मरण गर्दै यो समस्या न्युनिकरण हुनुको सट्टा झन झनै बढ्दै गईरहेको बताए । यो केबल कुनै समुदाय बिशेषको मात्र मुद्दा नभई समग्र राष्ट्र कै मुद्दा भएको भन्दै दर्नाल सबैलाई यस अभियानमा साथ दिन आग्रह गरे ।
दर्नालले सम्म ४५ दिनमा सक्ने गरी पदयात्रा शुरु गरिएको भएता पनि निर्धारित समय भन्दा थप केही दिन बढी लाग्न सक्ने बताए । उनले अहिले सम्म ७१७ किलोमिटर पद गरिसकेको जानकारी दिए । अहिले सम्म ९ लाख १३ हजार ७ सय ८३ पाइला हिडिसकेको बताउदै अबको २४-२५ दिनमा नेपाल पदयात्रा गरेर सकिने बताए ।
सोही टोलीका अर्का सदस्य पदयात्री होमनाथ आचार्यले यो कुनै आएनजिओ तथा राजनैतीक पार्टीबाट सन्चालित समुह नभएको बताए । उनले यो राष्ट्रिय मुद्दा भएको बताउदै यसमा सबैलाई हातेमालो गर्न आग्रह गरे । अहिले यो यात्राको क्रममा केबल बस्तुस्थिती र बाधक तत्वको बारे बुझ्ने काम मात्र भईरहेको उनको भनाई छ । दलित समुदायबाट मात्रै आवाज उठाएर परिवर्तन सम्भव नहुने भन्दै गैर दलित समुदाय पनि अघी आउन पर्ने आचार्यको भनाई रहेको छ । उनले आफु गैर दलित समुदायको भएता पनि यो अभियानमा लागेको बताउदै भेदभाव तथा छुवाछुत अन्त्यका लागि सबैले आवाज उठाउन जरुरी रहेको धारणा राखे ।
तपाइँको प्रतिक्रिया