‘लभ स्टेशन’ले गर्यो तीन दिनमा २ करोडको ग्रस कलेक्सन

चैत्र २६ – गत शुक्रबारबाट देशभर एक साथ प्रदर्शनमा आएको बर्षको बहुप्रतिक्षित चलचित्र ‘लभ स्टेसन’ ले राम्रो ब्यापार गरिरहेको छ । चलचित्र ‘लभ स्टेशन’ले तीन दिनमा करिब दुई करोडको ग्रस व्यापार गरेको छ । यो चलचित्र शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको हो ।
चलचित्र लभ स्टेशनले पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ ।लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले बक्स अफिसबारे भने,‘ हाम्रो फिल्मले पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको थियो भने शनिबार करिब १ करोड छ । आईतबारसम्मको व्यापार हेर्दा लभ स्टेशनले लभगभ २ करोडको व्यापार गरेको छ ।’ लभ स्टेशनको आईतबारको व्यापार पनि आक्रमक रहेको, गोपि, गुण, अष्ट जस्ता हलमा आईतबार पनि एकै शोमा दुई ओटा हल भरिएको उनले बताए ।
चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मि पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।
उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाले छायांकन गरेको लभ स्टेशनमा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
तपाइँको प्रतिक्रिया