विद्यालयबाट भ्रमणमा गएका भरतपुरका विद्यार्थी आँबुखैरेनीमा भीरबाट खसेर बेपत्ता

एटुजेड समाचार

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी १५ वर्षीय अङ्कित गुरुङ रहेका छन् । उनी कक्षा ९ मा अध्ययनरत थिए ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ः१० बजे पोखराबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५२८५ नम्बरको बसमा सवार गुरुङ शौच गर्न सडक छेउमा जाने क्रममा भीरबाट खसेका हुन् ।

करिब ५० देखि ६० मिटर तल खसेर उनी बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले तत्काल खोजी तथा उद्धार कार्य सुरु गरेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

थप खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु