काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९३ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ।
स्विस फ्र्यांक एकको खरिददर १७६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ०६ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा कायम भएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा रहेको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९६ पैसा र बिक्रीदर ११ रुपैयाँ ०१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४ रुपैयाँ ३९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५६ पैसा र बिक्रीदर २१ रुपैयाँ ६४ पैसा तोकिएको छ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७८ रुपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २२ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०९ पैसा कायम गरिएको छ। यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार यो विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ।


