काठमाडौं। राइड सेयरिङ प्लाटफर्म उबरले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै विशेष प्रचारप्रसार तथा छुटको योजना सार्वजनिक गरेको छ।
दैनिक यात्रा गर्ने यात्रुहरूलाई सहज, सुरक्षित र किफायती सेवा प्रदान गर्ने उद्देश्यका साथ उबरले सीमित अवधिका लागि यो ‘दामी डिल’ ल्याएको छ।
कम्पनीले सार्वजनिक गरेको यस योजनाअन्तर्गत प्रयोगकर्ताले उबरमार्फत राइड बुक गर्दा शतप्रतिशत नि अर्थात सित्तैमा वा प्रतिराइड १३० रुपैयाँसम्मको आकर्षक छुट प्राप्त गर्नेछन्। विशेषगरी उबर एपमा नयाँ खाता खोलेर पहिलो पटक राइड बुक गर्ने प्रयोगकर्ता र प्रोमो कोड प्रयोग गर्ने यात्रुहरूले यो सुविधा लिन सक्नेछन्।
यस अफरअन्तर्गत राइडको दूरी र कुल भाडादरअनुसार प्रयोगकर्ताले १३० रुपैयाँसम्मको सीधा छुट पाउनेछन् भने यदि कुल भाडा १३० रुपैयाँ वा सोभन्दा कम भएमा उक्त राइड पूर्ण रूपमा नि:शुल्क हुनेछ।
यो सुविधा लिनका लागि प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा उबर एप डाउनलोड गरी अकाउन्ट बनाउनुपर्नेछ र राइड बुक गर्नुअघि एपको प्रोमोसन्स वा वालेट खण्डमा गएर उपलब्ध प्रोमो कोड प्रयोग गर्नुपर्ने हुन्छ। कतिपय नयाँ प्रयोगकर्ताको खातामा यो छुट स्वतः लागू हुने व्यवस्थासमेत मिलाइएको छ।
नेपालको सहरी यातायातमा राइड सेयरिङ प्लाटफर्महरूको प्रतिस्पर्धा बढ्दै जाँदा प्रयोगकर्तालाई आकर्षित गर्न उबरले समय-समयमा यस्ता छुटका अफरहरू ल्याउने गरेको छ। यद्यपि, यस्ता अफरहरू प्रयोग गर्दा एपमा उल्लेख गरिएका नियम तथा सर्तहरू र म्याद सकिने मितिबारे प्रयोगकर्ता स्वयं सचेत रहन आवश्यक छ।


