बालेनलाई मोदीको गिफ्ट- गुजराती सादेली बाकसमा बनारसी रेशमी दोसल्ला

एटुजेड समाचार

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई उपहार पठाएका छन् । दुई दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई मोदीले परम्परागत गुजराती सादेली बाकसमा राखिएको वाराणसीको बनारसी ब्रोकेड रेशमी दोसल्ला उपहार प्रदान गरेका हुन् ।

उनीहरूबीच सोमबार दिउँसो एक्लाएक्लै र दुईपक्षीय वार्ताका क्रममा भेटवार्ता भएको थियो ।दुईपक्षीय छलफल सकेलगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो । जहाँबाट विभिन्न परियोजनामा सम्झौता, सहमति र उद्घाटन भएका थिए ।प्रधानमन्त्री शाह आजै भ्रमण सकेर स्वदेश फर्कंदैछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु