महायज्ञमा चितवन एभरेष्ट अस्पतालको निःशुल्क स्वास्थ्य सेवा डेस्क

एटुजेड समाचार

भरतपुर – चितवन एभरेष्ट अस्पताल प्रा.लि.ले महायज्ञमा सहभागी भक्तजन, श्रद्धालु तथा सर्वसाधारणलाई लक्षित गरी स्वास्थ्य सेवा डेस्क सञ्चालन गरेको छ। अस्पतालले कात्तिक २८ गतेदेखि मंसिर ८ गतेसम्म स्वास्थ्य सेवा डेस्कमार्फत प्राथमिक स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक स्वास्थ्य सेवासम्बन्धी सहयोग उपलब्ध गराएको हो।

अस्पतालले स्वास्थ्य सेवा अस्पतालभित्र मात्र सीमित नराखी सामाजिक तथा धार्मिक कार्यक्रममार्फत पनि सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

मानवीय सेवा, सामाजिक उत्तरदायित्व र जनस्वास्थ्यप्रतिको प्रतिबद्धतासहित महायज्ञमा सञ्चालन गरिएको स्वास्थ्य सेवा डेस्कले भक्तजन तथा सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुगेको छ। अस्पतालको यस सेवाभावी कार्यको प्रशंसा गर्दै आयोजकले धन्यवाद तथा सम्मान व्यक्त गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु