एमाले हार्नको लागि जन्मिएकै होइन, फेरि जित्छौं: अध्यक्ष ओली

एटुजेड समाचार

काठमाडौं –  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हार्नको लागि जन्मिएको पार्टी नभएकाले फेरि छिट्टै सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्। शुक्रवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय जनप्रतिनिधि भेलाललाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फेरि जित्ने दाबी गरेका हुन्।

‘अहिले हामी केन्द्रीय तहबाट गर्ने ठाउँमा छैनौँ तर धेरै ढिलो होला जस्तो लाग्दैन। हामी फेरि कानुन बनाउने ठाउँमा पुग्छौँ,’ ओलीले भने, ‘हाम्रो पार्टी हार्नका लागि जन्मिएको पार्टी नै होइन। हामी जित्छौँ।’मुलुकको विकास गर्नुका साथै राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी समेत एमालेकै भएको उनको भनाइ थियो। ‘हामी जित्छौँ यो त स्पष्ट छ नि। यो पार्टीले देश बनाउनै पर्नेछ। यसले देश जोगाउँछ, यसले देश बनाउँछ, राष्ट्रियताको रक्षा गर्छ,’ ओलीले भने।

उनले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो भएको भन्दै जनप्रतिनिधिलाई आफ्नो काममा देखिएका कमजोरी सच्याउन निर्देशन दिए। विगतमा कमजोरी भए सच्याउन र जनतामाझ विश्वास कायम गर्नेगरी काम गर्न समेत निर्देशन दिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु