सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घट्यो

एटुजेड समाचार

काठमाडौं –  साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम थियो ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो । आइतबार चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु