छठ पर्वले प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावको सन्देश दिन्छ : सभापति थापा

एटुजेड समाचार

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने बताएका छन् ।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा दिने बताएका हुन् ।

उनले छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन् । विविधताबीच एकता र पारस्परिक सद्भाव कायम राख्न यस्ता पर्वले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

सभापति थापाले छठ पर्वको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यको कामनासमेत गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु