लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई हराएसँगै ४ विकेट नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को प्ले अफ समीकरण पूरा भएको छ।
विराटनगरको हारपछि काठमाडौं गोर्खाज र चितवन राइनोज प्ले अफमा पुगेका छन् । विराटनगर प्ले अफ दौडबाट बाहिरिएको छ।
लुम्बिनी शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको छ। क्वालिफायर पुग्ने अर्को टोलीको टुंगो भोलि हुने लिग चरणको अन्तिम खेलबाट लाग्नेछ।
विराटनगरको हारले भने काठमाडौ गोखार्ज र चितवन राइनोज एक खेल अगावै प्लेअफमा पुगेका छन्। साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक प्लेअफ पुगेको हो।
आज विराटनगरले दिएको १ सय ७६ रनको लक्ष्य लुम्बिनीले १ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।
पहिलो विकेटका लागि ओपनर डार्सी सर्ट र आशिफ शेखले ११.५ ओभरमा ८६ रनको साझेदारी गर्दै लुम्बिनीले उत्कृष्ट सुरुवात दिलाएका थिए। ओपनर डार्सी ३८ बलमा ३ चौका र १ छक्का सहयोगमा ४५ रन बनाउँदा चरिथ असलंकाको बलमा एलबीडब्लु धरापमा परे।
अर्का ओपनर आशिफ पनि ४५ रन बनाउँदा नै रन आउट भए। ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका आशिफ रन आउट भएका हुन्।
१३ औँ ओभरको चौथो बलमा अपराजित पौडेलले निरोसन डिकवेल्ला र पाचौँ बलमा दिलिप नाथको विकेट लिएपछि लुम्बिनी दबाबमा आएको थियो।
त्यसपछि क्रिजमा आएका अली शेख र कप्तान रोहित पौडेलले पाचौँ विकेटका लागि २२ रनको साझेदारी गर्दै क्रिज सम्हाले। कप्तान रोहित ९ रनमा रनआउट भए।
छैटौँ विकेटका लागि अली शेख र सन्दीप जोराले ४२ रनको साझेदारी गरेपछि लुम्बिनीले जितको आधार तयार पारेको थियो। १९ बलमा १ चौका र २ छक्का हानेका अली २७ रनमा क्याच आउट भए।
सन्दीप २५ रवेन ट्रम्पलमेन ६ रनमा नटआउट रहे।
लुम्बिनी अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा विराटनगरका रुपेश सिंह बलिङमा आए। रुपेशले पहिलो बलमा नो बल हानेपनि अली शेखले छक्का प्रहार गरेपछि खेल लुम्बिनीको पक्षमा गएको थियो।
अन्तिम ओभरको चौथो बलमा अली क्याच आउट भएपछि क्रिजमा गएका रुवेनले छक्का प्रहार गरेपछि लुम्बिनीले जित हात पारेको थियो।
विराटनगरका लागि अपराजित पौडेलले १ ओभरमा ५ रन दिएर २ विकेट लिए। चरिथ असलंका र रुपेश सिंहले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो।
दोस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी भएपछि विराटनगर बलियो स्थितिमा पुगेको थियो। इमरान शेख रिटाडर्य हर्ट हुँदा विराटनगरले १०.२ ओभरमा ७१ रन बनाएको थियो।
ओपनर शेख २९ बलमा १ छक्का सहयोगमा २४ रन बनाउँदा रिटायर्ड हर्ट भए। ११ औँ ओभरको दोस्रो बलमा खुट्टामा चोट बोकेपछि इमरान पेभेलियन फर्किए। त्यसपछि क्रिज सम्हाल्न शुभम रन्जाने पुगेका थिए।
विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रनको योगदान दिए। ४३ बलमा १ चौका र ६ छक्का सहयोगमा ६४ रन बनाउँदा रुवेनको बलमा क्याच आउट भए। असलंकाले अर्धशतक पुरा गरे। उनले ३९ बलमा ४ चौका र ५ छक्का सहयोगमा अर्धशतक हाने।
उनी आउट हुनुअघि असलंका र रन्जानेले ४१ रनको साझेदारी गरे। असलंकाले आजको खेलमा २ पटक जिवनदान पाएका थिए। ३७ रन बनाउँदा रुवेन ट्रम्पलम्यानले क्याच छाडे। अर्को पटक ४७ रन बनाउँदा आशिफ शेखले क्याच छोड्दा असलंकाले जिवनदान पाएका थिए।
शुभम रन्जाले ३१ र बसिर अहमद ४ रनमा अविजित रहे। लोकेश बम १५ रन बनाउँदा किशोर महतोको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। सेहान जयसुर्या १ रनमा अविशेष गौतमको बलमा एलबीडब्लु धरापमा परे। इसुरु उडाना ६ रनका आउट भए।
लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए। रुवेन ट्रम्पलमेन र अविशेष गौतमले समान एक विकेट आफ्नो नाममा गरे।
एनपिएलमा भोलि २ खेल हुनेछ। दिनको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज खेल्नेछन्।यो खेलमा चितवनले कर्णालीलाई पराजित गरे प्लेअफमा पुग्नेछ।
दोस्रो खेलमा काठमाडौ गोर्खाज र पोखरा एभेन्जर्स भिड्नेछन्। काठमाडौले पोखरालाई पराजित गरे पहिलो क्वालिफायरमा स्थान बनाउनेछ।
प्लेअफ दौडबाट बाहिरिसकेका कर्णाली र पोखरा अन्तिम खेलमा जित निकाल्दै एनपीलको तेस्रो सिजनको सुखद अन्त्य गर्न चाहान्छन्।


